काठमाडौं, ६ माघ। नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबको मुख्य प्रायोजक भएको छ। निगमले मनाङ मर्स्याङ्दीलाई वार्षिक ३५ लाख रुपैयाँ दिने गरी मुख्य प्रायोजक बनेको हो।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुद क्षेत्रमा केही सहयोग गर्न मनाङ मर्स्याङ्दीको मुख्य प्रायोजक बनेको बताए।
अब १ वर्षसम्म नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबको नाम हुनेछ। मुख्य प्रायोजन गर्न आज गरिएको सम्झौता कार्यक्रममा निगमका कार्यकारी निर्देशक पौडेल र क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङले हस्ताक्षर गरेका हुन्। सोही कार्यक्रममा निगमका कार्यकारी निर्देशक पौडेलले क्लबको नयाँ टिसर्ट क्लबका कप्तान एवं उप–कप्तानलाई हस्तान्तरण गरे।
पौडेलले सामाजिक उत्तरदायित्व विस्तार गर्दै लैजाने पनि बताए। क्लबका अध्यक्ष गुरुङले निगमको साथले क्लबलाई थप हौसला प्रदान गराएको बताए।



लाेकपाटी न्यूज

