काठमाडौं, ९ पुस। सुनको मूल्य तीन दिनमै प्रतितोला १२ सय रुपैयाँले बढेको छ। तीन दिनअघि अर्थात् गत आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ७२ हजार ८ सय रुपैयाँ पुगेको छ।
सुनको मूल्य पुरानो रेकर्डलाई पछ्याउँदै अघि बढेको छ। केही दिनअघि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेर प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो। त्यसलाई पछ्याउँदै सुनको भाउ बढेको हो।
अहिले सुन उकालो लागेर प्रतितोला ७२ हजार ८ सयमा कारोबार हुँदै आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।



लाेकपाटी न्यूज