काठमाडौं, ७ पुस । नेपाली राष्ट्रिय १५ वर्षमुनिको महिला फुटबल टोलीले भुटानको यु–१५ महिला टोलीलाई पराजित गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा अमिशा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन्। उनले १२, ४८ र ५४औं मिनेटमा ३ गोल गरिन्।यस्तै, कप्तान प्रिति राईले २ र सुनकली राईले एक गोल थपिन् ।
प्रितिले खेलको ४४, ८९औं मिनेटमा गोल गर्दा सुनकलीले खेलको पाँचौं मिनेटमा गोल गरिन्। भुटानकी कप्तान डिकी लाजोमले खेलको १४औं मिनेटमा एक गोल फर्काएकी थिइन्। अब नेपालले बुधबार भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ। रासस



लाेकपाटी न्यूज

