काठमाडौं, ३० मंसिर। आज सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ७१ हजार ३ सयमा कारोवार भएको छापावाल सुनको भाउ आज पनि सोही मूल्यमा कारोवार भएको हो।
यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोवार भएको छ भने चाँदी आज तोलामा ८ सय ४५ मा कारोार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।



लाेकपाटी न्यूज