काठमाडौं, २९ मंसिर। आइतबार सुनको मूल्य ५ सय रुपियाँले बढेको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५सय रुपैयाँले बढेको हो।
साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो।
यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ। यस्तै चाँदी भने रु ५ बढेर ८ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



लाेकपाटी न्यूज