पौडेल र सिटौला पक्षले गरे कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार

congress_meeting
लाेकपाटी न्यूज

काठमाडौं, २६ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा पेलेर अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेताहरुले बैठक बहिस्कार गरेका हुन्।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकका एजेण्डाका बारेमा सहमति हुन् नसकेपछि अपराह्न ४ बजे बसेको बैठक पौडेलसहितका नेताहरुले बहिष्कार गरेका हुन्। बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र प्रवक्ता विश्वप्रकाश शर्मा लगायत देउवा पक्षीय सदस्यहरु सहभागी छन् ।

‘उहाँले एकलौटी रुपमा पार्टी चलाउन खोज्दै हुनुहुन्छ’, वरिष्ठ नेता पौडेलले भने, ‘त्यो हामीलाई मान्य छैन।’ हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ र्पुयाउने संस्थापन पक्षले तयारी गरेपछि संस्थापनइतरका नेताहरुले विरोध जनाएका हुन् ।

बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपा पुगेका थिए। तर महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी सभापति शेरबहादुर देउवा सहमत भएनन्।