सिड्नी, २३ मंसिर। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा प्रदेशहरु र स्थानीय सरकारबीच विकासमा प्रतिस्पर्धा सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको बताएका छन्। सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको वताए।
अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन् सक्ने बताए। आफ्नो समूहले अन्य सात राज्यमा पनि परियोजना निर्माण गर्न लागेको बताए।
उनले गैर आवासीय नेपालीहरुको समेत लगानी निर्माण हुँदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै सञ्चालनमा आउने बताए। उनले हाल अस्ट्रेलिया लगायत भारत , बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको जानकारी दिए।



लाेकपाटी न्यूज

