अनन्त तामाङले गरे माल्दिभ्सविरूद्ध दोस्रो गोल

game
लाेकपाटी न्यूज

काठमाडौं, २१ मंसिर। माल्दिभ्सविरूद्ध नेपालले दोस्रो गोल गरेको छ। अनन्त तामाङले माल्दिभ्सविरूद्धको खेलमा दोस्रो गोल गरेका हुन्।

१३ औं साग अन्तर्गत पुरुष फुटबलको खेलमा ५२ औं मिनेटमा उनले गोल गरेका हुन्। यसअघि अभिषेकले ४३ मिनेटमा डिबक्सबाट उत्कृष्ट गोल गरेका थिए।

त्यसअघि माल्दिभ्सका इब्रहाम हुसेनले १९ मिनेटमा अग्रता दिलाएका थिए। राउन्ड रोबिनको लिगमा चल्ने प्रतिस्पर्धामा नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको भुटानको ६ अंक छ।