साग क्रिकेट : नेपालद्वारा भुटानसामू विशाल लक्ष्य प्रस्तुत

SARc
लाेकपाटी न्यूज

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष क्रिकेटमा नेपालले भुटानलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ। किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले। शतकसँगै मल्ल नेपालको लागि अन्तराष्ट्रिय टी ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने  ५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाएका हुन्।

यस्तै भुटानविरुद्ध पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए। भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे। कमजोर प्रतिद्वन्दी भुटानविरुद्ध अंक जोड्दै नेपाल फाइनल पुग्ने आशा जिवित राख्ने लक्ष्यमा रहेको छ।