काठमाडौं। १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।
त्रिपुरेश्वरस्थित कर्भड हलमा नेपाल र भारतको फाइनल प्रतिस्पर्धा सुरु भएको हो। यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेको थियो।
शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटको जित निकालेको थियो। यो नै अहिलेसम्म महिला भलिबलमा नेपालको ऐतिहासिक जित हो।
भारत सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० को सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। समूह चरणको खेलमा भने नेपाल भारतसँग पराजित भएको थियो।
भारतसँग पराजित भए पनि समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो।



लाेकपाटी न्यूज

