युरोकप २०२० को खेलतालिका सार्वजनिक, कुन ग्रुपमा कुन राष्ट्र ?

eurocup
लाेकपाटी न्यूज

काठमाडौं। युरोकप २०२० को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताअन्तर्गत ग्रुप ‘ए’ देखि ‘एफ’सम्म गरी युरोपका २४ राष्ट्रबीच खेल हुनेछ ।

गत वर्षको विजेता राष्ट्र पोर्चुगल समूह ‘एफ’ मा परेको छ। उक्त समूहलाई ग्रुफ अफ डेथको रुपमा हेरिएको छ। उक्त समूहमा पोर्चुगलसँगै फ्रान्स र जर्मनी पनि छन् ।

कुन ग्रुपमा कुन कुन राष्ट्र छन् ?

समूह ए : टर्की, इटली, वेल्स र स्विजरल्याण्ड

समूह बी : डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी : नेदरल्याण्ड्स, युक्रेन, अष्ट्रिया, प्लेअफको विनर डी टिम

समूह डी : इंग्ल्याण्ड, क्रोएसिया, चेक गणतन्त्र, प्लेअफ विनर सी

समू ई : स्पेन, स्विडेन, पोल्याण्ड, प्लेअफ विनर बी

र,

समूह एफ : पोर्चुगल, फ्रान्स, जर्मनी र प्लेअफको विनर ए