साग महिला भलिबल : नेपाललाई इतिहास रच्ने अवसर

SARc
लाेकपाटी न्यूज

काठमाडौं, १४ मंसिर । १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ। तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाललाई आज इतिहास रच्ने अवसर प्राप्त भएको हो।

समूह चरणको अन्तिम खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराएपछि नेपालले सेमिफाइनलमा श्रीलंकालाइ प्रतिद्वन्द्वी पाएको हो। त्रिपुरेश्वरमा रहेको कभर्डहलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्समाथि तीन/शून्य को सोझो सेटमा जित निकालेको थियो।

माल्दिभ्सलाई हराएसँगै श्रीलंका समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलमा माल्दिभ्सले भारतसँग खेल्नेछ। नेपालले सेमिफाइनल शनिबार खेल्नेछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज हुने सेमिफाइनलमा श्रीलङ्कालाई पराजित गर्न सके नेपाल सागमा पहिलो पटक रजत पदकको हकदार बन्ने छ। नेपालले सागमा अहिलेसम्म महिला भलिबलमा कास्य पदक मात्र जित्न सकेको छ। नेपाल समूह ‘ए’को उपविजेता भइ सेमिफाइनल प्रवेश गरेको हो ।