घट्यो सुनको मुल्य तोलाको कति ?

gold
लाेकपाटी न्यूज

काठमाडौं, ६ मंसिर। आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ३ सयले घट्दै ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सयले घट्दै ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ। तर चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन्। चाँदीको प्रतितोला ८ सय ६० रुपैयाँमै कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्