फेरि घट्यो सुनको मूल्य

gold
लाेकपाटी न्यूज

काठमाडौं, २ मंसिर। आज (सोमबार) सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला २ सयले घट्दै ७१ हजार ६ सय रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि २ सयले घटेको छ। आज प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको छ। चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्