चलचित्र ‘झींगे दाउ’मा नव–नायक कुशलको प्रवेश

लाेकपाटी न्यूज

काठमाडौं, २९ कात्तिक। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको सहकार्यमा निर्माण हुन् लागेको चलचित्र ‘झींगे दाउ’को छायांकन मंसिर ५ गतेबाट सुरु हुँदैछ। यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन्।

साहित्यकार भीमनीधि तिवारीको ‘अन्तरे भाग’मा समावेश ‘झींगे दाउ’मा आधारित रहेर यो चलचित्र निर्माण हुन् लागेको हो। यो चलचित्रका लागि कलाकारहरुमा मुकुन भुषाल, केकी अधिकारी र आँचल शर्मा फाइनल भैसकेका छन्।

अब, नव–नायकको रुपमा निर्माण यूनिटले कुशल बिष्टलाई अनुवन्धित गरेको छ। चलचित्रमा उनी नायिका आँचल शर्माको जोडीको रुपमा देखिने भएका छन्। खोटांगको हलेसीबाट यो चलचित्रको छायांकन सुरु हुने निर्देशक देउजाले जानकारी दिए।

चलचित्रको दोश्रो सेड्यूल भने भकुण्डेबेसीमा निर्माण भएको भिन्न भिन्न सेटमा गरिनेछ। चलचित्रमा बिष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, प्रदिप भारद्धाजको पटकथा तथा संवाद रहनेछ।

चलचित्रको छायांकन सुरु नहुँदा यसको निर्माण नै नहुने हो कि भन्ने अन्यौलता समेत बढेको थियो। नेपाली सिने उधोगमा नयाँ नयाँ अनुहारको आगमन भैरहेको हुन्छ। यस्तैमा अर्को एक चकलेटी अनुहारको पनि आगमन हुने् भएको छ।

युट्युब तथा टेलिभिजनको पर्दामा आउने कमेडी सिरियलमा लभर ब्वाईको छबि बनाएका कुशल बिष्टको नेपालि सिने उधोगमा नव(नायकको रुपमा आगमन हुन् लागेको हो। कुशलले छायांकनको लागि तयारीमा रहेको फिल्म ‘झिगे दाउ’ बाट सिने उधोगमा डेब्यु गर्दै छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्