काठमाडौं, २७ कात्तिक । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातांै तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ।बुधवार विज्ञापन प्रकाशन गर्दै आयोगले करिव साढे २ सय पदमा आवेदन माग गरेको हो ।
विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ.प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका गरिन लागेको आयोगले जनाएको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्नेछन्।
आयोगका अनुसार तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणााली मार्फत आवेदन दिनुपर्ने उल्लेख गरेको छ।








लाेकपाटी न्यूज
