महिला फुटबलको प्राविधिक निर्देशकमा सुकिताते नियुक्त 

niriyo
लाेकपाटी न्यूज

काठमाडौं, २४ कात्तिक । महिला फुटबलको प्राविधिक निर्देशकमा नोरीयो सुकिताते नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)  ले अनुभवी जापानी नोरीयोलाई आगामी ३ महिनाका लागि प्राविधिक निर्देशकमा नियुक्त गरेको हो।

जापान फुटबल एसोसियसन (जेएफए)  को सहयोगमा नोरीयोलाई  नियुक्त गरेको एन्फाले अहिलेलाई ३ महिना र त्यसपछि काम हेरेर थप समयका लागि गर्ने वा नगर्नेबारे निर्णय हुने बताएको छ।

नेपाल आईसकेका नोरीयोको नेपालमा रहँदा खर्च भने जापान फुटबल एसोसियसनले गर्नेछ।उनले भुटान, लाओस, टिमोर लिस्टेको मूख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।