काठमाडौं, २४ कात्तिक। साताको पहिलो दिन आज आइतबार सुनको भाउ पुनः उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार तेजावी सुन प्रतितोला ६९ हजार छ सयमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला आठ सय ३५ रुपैयामा कारोबार भएको थियो।



लाेकपाटी न्यूज