काठमाडौं, १९ कात्तिक। मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भएको सुन आज २ सय रुपैंयाले घटेर ७० हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ५ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी ८ सय ६५ रुपैंयामा कारोबार भैरहेको छ। चाँदीको मूल्य ५ रुपैंयाले घटेको हो।



लाेकपाटी न्यूज