एजेन्सी। लियोनल मेस्सीमाथि लागेको प्रतिबन्ध सकिएसँगै उनी आगामी महिना ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोलीमा समावेश भएका छन् ।
बार्सिलोनाका ३२ वर्षीय फरवार्ड मेस्सीले कोपा अमेरिका कपमा गत ६ जुलाईमा चिली विरुद्धको तेस्रो खेल गुमाएका थिए । कोपा अमेरिका ‘भ्रष्ट’ भएको आरोप लगाएपछि मेस्सीमाथि खेलमा प्रतिबन्ध लगाइएको थियो ।
यो सिजन बार्सिलोनाका लागि पाँच गोल गरेको मेस्सीले प्रतिवन्ध लगाएसँगै अर्जेटिनाबाट चार खेल गुमाएका छन् । मेस्सीले अर्जेन्टीनाका लागि ६८ गोल गरेका छन् । अर्जेन्टीनाले १५ नोभेम्बरमा साउदी अरबमा र १८ नोभेम्बरमा इजरायलमा उरुग्वेसँगे खेल्नेछ ।



लाेकपाटी न्यूज

