काठमाडौं, ८ कात्तिक। तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज (शुक्रबार) प्रतितोला रु ६ सयले वृद्धि भएको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ६ सयले बढेर रु ७१ हजार पुगेको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४ सयमा कारोवार भएको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य पनि रु ६ सयले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७ सय पुगेको छ । बिहीबार तेजाबी सुन रु ७० हजार ७ सयमा खरिद बिक्री भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदीको मूल्य रु १० ले वृद्धि भई प्रतितोला रु ८६० मा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।


लाेकपाटी न्यूज