निर्वाचन आयोगद्वारा ६ बुँदे निर्वाचन आचारसंहिता जारी

Election Commission
लाेकपाटी न्यूज

काठमाडौं, ७ कात्तिक। निर्वाचन आयोगले ६ बुँदे आचारसंहिता जारी गरेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ६ बुँदे आचारसंहिता जारी गरेको हो।

आयोगले आज एक विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन अन्तर्गत शुक्रबारबाट लागू हुने गरी ६ बुँदे आचारसंहिता सार्वजनिक गरेको हो।

विज्ञप्तिमा राजनीतिक दल र उम्मेद्वारका हकमा आचारसंहिता लागू हुने मितिदेखि अन्तिम निर्वाचन परिणाम नआउन्जेलसम्म सामान्य आचारण र विषयगत आचरणका विषयहरु लागू हुने जनाइएको छ।

12

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्