काठमाडौं, ५ कात्तिक। दिप्सी भट्टको नयाँ देउसी भैलो गीत ‘मखमली फूल्यो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। एक कार्यक्रमकाबीच जिनियस म्युजिकको युटुब च्यानलबाट शुक्रबार अस्ट्रेलियाबाट सार्वजनिक गरिएको हो।
बाल कलाकार दिप्सी भट्ट र प्रीन्स सिलवालको स्वरमा सजिएको गीतमा जीवन कार्कीको शब्द रचना छ भने रमेश पाठकको संगीत तथा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ। कोरसमा बिहानी बानियाँ र भरोसा बानियाँले साथ दियका छन्।
दशैं गीतको सफलता पश्चात दिप्सी र प्रीन्सको यो अर्को कोशेली हो। विदेशमा बसेर पनि निरन्तर नेपाली संगीत र संस्कृतिमा योगदान दिने क्रममा यो दिप्सीको तेस्रो कोशेली हो। लोक आधुनिक संगीतको फ्युजन तथा तिहारका रमाइला र मिठास शब्दमा बनेको यो गीत सबै उमेर समूहले रुचाउने निर्माता दिपेन्द्र भट्टले विश्वास व्यक्त गरे।पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएकी यी गायिकाको गीतको भिडियो Edmondson Park स्थित प्रकाश बस्ताकोटीको घरमा छायाँकन गरिएको हो।
देउसी भैलो खेल्ने नेपाली संस्कृति शैलीमा तयार गरिएको गीतको भिडियोमा मादल, खैजेडीको अलवा नेपाली कल्चरल ड्रेसमा गायिका लगायतको प्रस्तुत रहेको छ। दिप्सी भट्ट चर्चित क्यामेराम्यान तथा सम्पादक दिपेन्द्र भट्टका सुपुत्री हुन्। भिडियो गायिका दिप्सीका बुबा दीपेन्द्र भट्टले नै निर्देशन गरेका हुन् भने कोरियोग्राफी स्वेता पौडेल र सूचना पौडेलले निकै राम्रोसँग साना बाल बालिकालाई नचाँएका छन्।
गायिका दिप्सीले करिव तीन र चार वर्षको उमेरदेखि नै संगीत क्षेत्रमा अत्यन्तै रुचि राखेको पाइन्छ। उनले नेपाली गीत मात्रै नभएर अन्य भाषाका गीतहरु पनि गाउदै आएकी छिन्। उनले मौका मिले हरेक किसिमको गीत गाउन सक्ने बताउँछिन्। ९ वर्षीय दिप्सी भट्ट Auburn North Public School मा कक्षा छ मा अध्ययनरत रहेकी छिन्। उनि गायनको साथ साथै नृत्यमा समेत पोख्त रहेकी छिन्।
दिप्सी भट्ट, आरोन गौतम लगायतको अभिनय रहेको म्युजिक भिडियो सिने क्रु एंड मिडियाको ब्यानरमा Rest Real Estate / Destination Foundation Education & Visa Services को सहयोगमा तयार पारिएको यो गीत Candid Photography को सम्पूर्ण व्यबस्थापनमा गरिएको हो।



लाेकपाटी न्यूज

