आजको बिदेशी मुद्राको विनिमयदर

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, ४ कात्तिक। नेपाल राष्ट्र बैंकले आज (कात्तिक ४) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०६ पैसा रहेको छ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रीदर २७ रुपैयाँ २६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ।

11

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्