काठमाडौं, १ कात्तिक। नेपाल राष्ट्र बैंकले आज (कात्तिक १) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा रहेको छ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ।
यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ।




लाेकपाटी न्यूज