काठमाडौं, ३० असोज। मदन पुरस्कार विजेता रामलाल जोशीको कथा ‘लोग्नेको माया’ मा तयार भएको छोटो चलचित्र ‘लोग्नेको माया’ को ट्रेलर सार्वजनिक भएको छ।
ह्याप्पी मिडियाको युट्युब च्यानलमा अपलोड भएको सो ट्रेलरमा उमेर ढल्केका पुरुषहरुको यौन मनोविज्ञान देखाइएको छ। चितवनको गोलाघाट र रत्ननगरमा छायाँङ्कन भएको सो छोटो चलचित्रलाई मदन अछामीले खिचेका हुन्।
ह्याप्पी मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रमा रामु आचार्य, एलिना बर्देवा, टिकाराम लामिछाने, गोपाल गुरुङ, ज्योति लामा लगाएतको अभिनय रहेको छ। सुयश आचार्य निर्माता रहेको चलचित्रमा प्रस्तुतकर्ता गोपाल गुरुङ छन् भने सम्पादन तथा निर्देशन रामु आचार्यको रहेको छ।



लाेकपाटी न्यूज

