काठमाडौं, २८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काले आफूले केही समय क्रिकेटबाट आराम लिने बताएका छन्।
राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएको घोषणा गरेपछि एक कार्यक्रममा बोल्दै पारसले क्यान निलम्बनमा परेपछि आफूले धेरैखाले भूमिका निर्वाह गरेको र यसबाट आफू थाकेकाले केही समय आराम गर्ने बताए। खड्काले आफ्नो राजीनामा कुनै हालतमा फिर्ता नहुने पनि बताए ।
‘पछिल्लो तीन चार वर्ष सेलेक्टर भए, छनोटकर्ता, म्यानेजमेन्टसँगको समन्वयकर्ता, अन फिल्ड र अफ फिल्ड सबै गरे’ पारसले भने, ‘अब म थाकें ।’ क्रिकटबाट आफू टाँढा हुनै नसक्ने उनको भनाइ छ।



लाेकपाटी न्यूज

