कप्तान पारस खड्काद्वारा पदबाट राजीनामा

khadka parash
लाेकपाटी न्यूज

काठमाडौं, २८ असोज। नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन्।

आफ्नो फेसबुक पोष्टमा पारसले निलम्बन फुकुवा भएकोमा खुसी व्यक्ति गर्दै नयाँ कार्यसमितिलाई नेपालको क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम गर्न शुभकामना पनि दिएका छन्।

‘एउटा नयाँ शुरुवात र प्रतिबद्ध दृष्टिकोणका साथ चिजहरुलाई अगाडि बढाउने नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टीमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले फेसबुकमा स्टाट्स लेखेका छन्।