काठमाडौं, २६ असाेज। नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आईतबारका लागि छापावाला सुन प्रतितोला ७० हजार एक सय र तेजावी सुन प्रतितोला ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरेको छ ।
शुक्रबार प्रतितोला ७० हजार चार सय रुपैयाँ रहेको सुन आईतबार तोलामा ३ सय रुपैयाँ घटेर ७० हजार १ सय रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८ सय ४५ रुपैयाँ रहेको चाँदी आईतबार पनि सोहि मूल्य कायम रहेको छ ।


लाेकपाटी न्यूज