एक भवनमा पस्नका लागि प्रहरीले ती व्यक्तिलाई प्रतिबन्ध गरेपछि ती व्यक्तिले आक्रोशमा आएर प्रहरीहरुमाथि चक्कु प्रहार गरेको बीबीसीले जनाएको छ।
काठमाडाैं। फ्रान्समा बिहीबार प्रहरीमाथि छुरा प्रहार भएको छ। राजधानी पेरिसस्थित पेरिस पुलिस हेडक्वार्टर अगाडि एक व्यक्तिले प्रहरीमाथि चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट एक प्रहरी गम्भिर घाइते भएका छन्। अन्य दुई प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ।
एक भवनमा पस्नका लागि प्रहरीले ती व्यक्तिलाई प्रतिबन्ध गरेपछि ती व्यक्तिले आक्रोशमा आएर प्रहरीहरुमाथि चक्कु प्रहार गरेको बीबीसीले जनाएको छ।
चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिने प्रयास गरेको थियो। यद्यपि उनको मृत्यु भएको छ। –एजेन्सी

लाेकपाटी न्यूज