प्रकृतिपूजकका आँखामा दशैं

दशैं शब्द अंक दशबाट बनेको हो। दश अंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्यय लागेर बनेको हो। १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन। घर–गाउँका मानिसहरूले दश महिनासम्म खेती, किसानीको काम गर्छन्।
लाेकपाटी न्यूज

–डा. स्वामी प्रपन्नाचार्य

दशैंको अर्थ के हो ?
काठमाडौं। दशैं शब्द अंक दशबाट बनेको हो। दश अंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्यय लागेर बनेको हो। १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन। घर–गाउँका मानिसहरूले दश महिनासम्म खेती, किसानीको काम गर्छन्। यसरी दश महिनासम्म काम गर्दा कहिले कहीं आराम र मनोरञ्जन पनि गर्नुपर्छ। त्यसो नगरे स्वस्थ्य बिग्रन्छ, बिरामी भइन्छ।

दश महिना काम गरेर प्रकृति (धर्तीमाता) र प्रत्यय (जीवात्मा/मुनष्य) ले विश्राम लिने अवसरको रूपमा दशैं मान्ने परम्परा सुरु भयो । तर, विश्राम कसरी गर्ने त ? सुतिरहेर, बसिरहेर मात्र विश्राम नगरेर रमाइलोका लागि एक–अर्काको घरमा गएर कुराकानी गर्ने अवसरको रूपमा दशैंको सुरु भयो।

यसैगरी प्रकृति (धर्तीमाता) लाई कसरी विश्राम दिइएको छ भन्दा यसबेला कसैले खेतबारीमा खेतीपाती लगाउदैनन्, लगाएको अन्नबाली फुल्न, फल्न र पाक्न सुरु हन्छ। यो प्रकृतिले विश्राम लिएको हो। ऋग्वेदकालमा दशैंलाई ‘वसन्त सम्पात’ भनिन्थ्यो। इतिहासको कालखण्ड अनुसार दशैंको नाम फरक–फरक हुदै आएको छ।

विजयदशमी किन भनिन्छ ?
दशैलाई विजयदशमी पनि भन्ने गरिन्छ। कसैकसैले यसलाई राम र रावणको युद्धसँग तुलना गरी रामले रावणमाथि विजयप्राप्त गरेको खुशियालीको दिनको रूपमा मानिएको भन्ने गर्दछन्।

तर त्यसो होइन। मुख्य कुरा १२ महिनासम्म खाने अन्नबाली सकुशल दश महिनासम्म लाएर प्रकृतिमाथि मानिसले विजय हासिल गरेको दिन भएको हुनाले विजयदशमी भनिएको हो।

कस्ता छन् विकृति ?
दशै मान्ने परम्परामा धेरै विकृति विसंगति पाइन्छ। स्वस्थवद्र्धक मिठो मसिनो बनाएर खानु पर्दछ। जाँडरक्सी र मासुमंशले स्वास्थ्यलाई हानी पुर्‍याउने भएकोले खानु हुँदैन। जाँडरक्सी र मासुले बुद्धि मोटो बनाउँछ, बुद्धि बिगार्छ। जाँडरक्सी र मासुमंश खानै पर्छ भन्ने छैन। कसैको हत्या नगरी मासु हुँदैन। आफू जस्तै अर्को जीवात्माको हत्या गर्नु राम्रो हैन।

वर्षभरि खाने अन्नबाली दशैंमा खर्च गरेर ६ महिनामात्र पुग्ने र त्यसपछि बेसाउन हिड्नु पर्ने अवस्था आउँछ। यसले मान्छेलाई गरिब बनाउँछ। जतिबेला जाँडको घ्याम्पामा पसेका थिएनौं र सुँगुर र कुखुराको खोरमा बसेका थिएनाैं, त्यतिबेला हामी किरातीहरू राजा–महाराजा, करोडपति, अरबपति थियौं। जाँडरक्सी र मासु नखाने किरातीहरू आज पनि विद्धान् छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्