फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

gold pic
लाेकपाटी न्यूज

काठमाडौं, १६ असोज। मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा बृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ।

छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ। मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो। त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ५०० निर्धारण भएको छ।

मङ्गलबार तेजाबी सुन प्रतितोला रु ६८ हजार ९०० मा कारोवार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला रु १० ले बढेर रु ८३५ पुगेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्