काठमाडौं, १४ असाेज। सुनकाे मूल्यमा आज पनि गिरावट आएकाे छ। केही दिनदेखि घट्दो क्रममा रहेको सुनको मूल्य आज ताेलामा ८०० ले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाकाे ६९ हजार २०० मा कारोबार भएको छ । सोमबार सुनको मूल्य ७० हजार रहेको थियो ।
यस्तै तेजावी सुनको मूल्य ६८ हजार ९०० रहेको छ । यस्तै चाँदीको मूूल्य तोलामा ८४० रहेकोमा मंगलबार घटेर ८२५ रुपैयाँमा कारोबार भएको छ ।


लाेकपाटी न्यूज