काठमाडौं, १३ असाेज । दशैंको लागि खसीबोकाको बिक्री वितरण सुरू भएको छ । खसीबोकाको प्रतिकेजी ५५० र च्याङग्रा प्रतिकिलो ७३० रुपैयाँ मूल्यमा बिक्री वितरण सुरू गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।
विभागले दिएको जानकारी अनुसार हाल बजारमा जिउँदो खसी तथा बोकाको मासु प्रतिकिलो ६ सय २० रुपैयाँ सम्म रहेको भएता पनि जीउँदो खसी तथा बोकाको मासुमा प्रतिकिलाे ७० रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको विभागले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र बीरगञ्जबाट ल्याइएको ३८० वटा खसी, बोका दशैंको लागि बिक्रीमा राखेको छ ।



लाेकपाटी न्यूज