दशैं नजिकिँदै जाँदा सुनकाे मूल्यमा लगातार गिरावट, आज ताेलाकाे कति ?

लाेकपाटी न्यूज

काठमाडौं, १३ असाेज। दशैं नजिकिँदै जाँदा नेपाली बजारमा सुनकाे मूल्यमा केही दिनदेखि यता गिरावट आएकाे छ। लगातार ओरालाे लागेकाे सुनकाे मूल्य सोमबार पनि घटेको हाे ।

आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ । चाँदी पनि सोमबार रु ५ ले घटेर रु ८४० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्