काठमाडौं, ९ असोज। साताको पाँचौ दिन बिहीबार सुनको मूल्य घटेको छ। सुनकाे मूल्यमा उतारचढाव आइरहेकाे बेला आज भने सुनकाे मूल्य घटेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा बिहीबार ६ सय रुपैयाँले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा यथावत् रहेर ७१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।



लाेकपाटी न्यूज