कृषि विकास बैंकका शाखाहरुबाट दुई करोड रुपैयाँ चोरी

Krishi-Bikas-Bank
लाेकपाटी न्यूज

धनगढी, ८ असोज। कम्प्युटर सिस्टम ह्याक गरि कैलाली सहित कृषि विकास बैंकका तीन वटा शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको छ। ती शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राती झण्डै दुई करोड रुपैयाँ चोरी भएको हो।

कैलालीसहित सिरहाको लहान र चितवनको सौराहा शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै दुई करोड रुपैयाँ चोरी भएको राष्ट्र कैंकका कार्यकारी दिर्नेशक बमबहादुर मिश्रले बताए।

कैलालीको कुन शाखाबाट चोरी भयो भन्ने बारे खुलको छैन्। त्यसबारे अनुसन्धान भइरहेको बैंकले जनाएको छ। कृषि विकास बैंक क्षेत्रीय कार्यालयले भने अन्य शाखाबाट चोरी गरेर भजनी शाखामा जम्मा भएको जनाएको छ। १९ लाख रकम भजनी शाखामा जम्मा भएको क्षेत्रीय कार्यालयका प्रमुख गणेशवहादुर डिसीले बताए।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्ति पक्राउ गरेको जनाएको छ। कैलालीबाट पनि एक जना पक्राउ परेका छन्न्। ह्याकरले बैंकको ब्यालेन्स सिटमै प्रवेश गरेर रकम अन्तै सारेको बताइएको छ।