काठमाडौं, ७ असोज। नेपाली बजारमा आज सुनको मूल्य तोलमा १०० रुपैयाँले बढेको छ। अघिल्लो दिन(सोमबार) तोलाको ७१ हजार ३ सय रहेको सुनको मूल्य मंगलबार ७१ हजार ४ सय पुगेको हो।
यसअघि आइतबार र सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय थियो। मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ८ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँद व्यवसायी महासंघले जनाएको छ।



लाेकपाटी न्यूज