श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या

लाेकपाटी न्यूज

नवलपरासी, ३ असोज । पश्चिम नवलपरासीमा श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या भएको छ । पश्चिम नवलपरासीको रामग्राम ३ घोडापालीका बर्ष ४१ का रविन्द्र पाण्डेलाई उनकै श्रीमती सरस्वती पोखरेल पाण्डेले परपुरुषसँगको मिलेमतोमा हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतक रविन्द्र पाण्डे गत भाद्र १८ गते साझँ देखि सम्पर्कविहिन भएका थिए । उनको खोजतलास गर्दै जाँदा रामग्राम ३ घोडापाली आर्दशटोल स्थीत हरिशुसील आधारभूत विद्यालयको ट्वाइलेटको सेप्टी टंकी भित्र शव सडेको अवस्थामा फेला परेको हो ।

मृतक पाण्डेको श्रीमतीको अन्य पुरुषसँग असमाजिक सम्वन्ध रहेको र उनीहरुको मिलेमतोमा हत्या भएको अनुसन्धानबाट खुलेको हुदाँ मृतक पाण्डेको श्रीमती सरस्वती पोखरेल पाण्डे लाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

उनीसँगै हत्यामा संलग्न पुरुषको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव निरिक्षक विरेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्