फेरि बढ्यो सुनको मूल्य, आज तोलाको कति ?

Gold
लाेकपाटी न्यूज

काठमाडौं, ३ असोज। शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन (बिहिबार) प्रतितोला ७० हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँ तोकिएको छ।

सुनसंगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन (बिहिबार) प्रतितोला ८ सय ५५ रुपैयाँ रहेको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६० रुपैयाँ पुगेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्