काठमाडौं, ३ असोज। चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएकोे छ ।
व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो। २२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाएर २५० पुर्याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।
सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ। यो समाचार कारोबार दैनिकमा विप्लव काफ्लले लेखेका छन्।



लाेकपाटी न्यूज
