निरन्तर घटेको सेयर बजारमा २६ अ‌ंककाे चामत्कारिक सुधार

Increase share market
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदाै। निरन्तर ओरालाे लागेकाे शेयर बजारमा आज भने चामत्कारिक सुधार आएकाे छ। साढे ३ महिना भन्दा बढी अवधिसम्म बजार लगातार तल झर्दा लगानीकर्ता निराश हुन पुगेका थिए ।

साताको तेस्रो दिन आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा २६ अंकको सुधार आएको छ । आज नेप्से २६ अंकले बढेर १ हजार १ सय ५०.७४ अंकमा पुगेको हो । सेन्सिटिभ इन्डेक्स्ट पनि ५.२२ अंकले बढेर २ सय ५१.५७ अंकमा पुगेको छ।

नेप्सेमा दोहोरो अंकको सुधार आउँदा बजारमा १७१ कम्पनीका १३ लाख ७७ हजार ९४० कित्ता सेयर ३८ करोड ३९ लाख ५७ हजार ४२६ रुपैयाँमा कारोबार भए । यस दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक सामाजिक लगानी कोषको कारोबार झिनो रुपमा ओरालो लाग्यो भने बाँकी सबै समूह उकालो लागे । जसमध्ये उत्पादनमूलक समूह सर्वाधिक १०७.१ अंकले उकालो लाग्यो ।

बजारमा सिद्धार्थ बैंकको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर  ३ करोड ४९ लाख ७७ हजार ३६० रुपैयाँमा कारोबार भएको हो । यस दिन शिवम् सिमेन्टका लगानीकर्ता सर्वाधिक ९.९० प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक ५.५९ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्