सुनको मूल्य ह्वात्तै बढ्याे, कति पुग्याे ताेलाकाे ?

लाेकपाटी न्यूज

काठमाडौं, ३० भदाै। केही दिनदेखि लगातार ओरालाे लागेकाे सुनकाे मूल्य आज भने ह्वात्तै बढेकाे छ। मूल्य बढेसँगै आज (सोमबार) सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन (आईतबार) प्रतितोला ७० हजार २ सय रुपैयाँमा खरिदबिक्री भएकाे सुनकाे मूल्य ११ सयले बढेर सोमबार प्रतितोला ७१ हजार ३ सयमा किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार सोबारको लागि छापावाल सुन प्रतितोला ७१ हजार ३ सय र तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आईतबार प्रतितोला ८ सय ४० रुपैयाँ रहेको चाँदी सोमबार तोलामा २५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको हो ।

नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा भने दैनिक ४० किलोसम्म सुन खपत हुँदै आएको सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
तर यो वर्ष जेठको पहिलो हप्ताबाटै सुनको मूल्य बढ्न सुरु भएकाले त्यस यता सुनको कारोबार राम्रो हुन सकेको छैन ।

सुन कारोबार हुने मुख्य सिजन मानिने तीजमा यो वर्ष सुनको कारोबार ठप्प प्राय नै भएकाे थियाे। गत वर्षको तुलनामा यो वर्ष तिजमा ७५ प्रतिशत सुनको कारोबार घटेको महासंघले बताएको छ । यही अनुपातले सुनको मूल्य वृद्धि हुँदै जाने हो भने आउँदै गरेको दशैंमा पनि सुनको कारोबार नहुने संकेत देखिएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्