काठमाडौं, २९ भदौ। पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आइतबार पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोवार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९०० रुपैयाँ कायम भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार ३०० रुपैयाँमा कारोवार भएको थियो।
पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ। सुन भदौ २६ र २७ गते प्रतितोला रु २०० का दरले घटेको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ। नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेर प्रतितोला रु ८४० पुगेको महासङ्घले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला रु ८७० मा खरीद–बिक्री भएको थियो।
आज विश्वबजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ४९०.५५ अमेरिकी डलरमा झरेको छ।यसअघि सुनको मूल्य प्रतिऔंस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो।



लाेकपाटी न्यूज