किन आइन् नेपाल सन्नी लियोनी ?

Sunny-Leone-Nepal
लाेकपाटी न्यूज

काठमाडौं, २६ भदौ। बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छिन्। उनी एअर इन्डियाको फ्लाइटमार्फत नेपाल आएकी हुन्।

उनी आफ्नो आइटम डान्स रहेको चलचित्र ‘पासवर्ड’ को प्रिमियरका लागि राजधानी उत्रिएकी हुन्। यसअघि उनी बिजनेस प्रयोजनका लागि नेपाल आएकी थिइन्। भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजिने सन्नी पूर्वनिर्धारित तालिका अनुसार नेपाल आएकी हुन्।

उनी आजै राजधानीमा आयोजना गरिएको चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा सहभागी हुने कार्यक्रम छ। सोही कार्यक्रमका लागि उनी नेपाल आएकी हुन्। चलचित्र ‘पासवर्ड’ को एक गीतमा सनी लियोनीको आइटम नृत्य छ। चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राना लगायतका कलाकारको अभिनय रहेको छ। सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्म भोलि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्