लियोनल मेस्सीले जिते बेस्ट खेलाडी अवार्ड

Messi pic 1
लाेकपाटी न्यूज

एजेन्सी। अर्जेन्टिना एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन्। अमेरिकी स्पोट्र्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका आधारमा प्रदान गर्ने यस अवार्ड मेस्सीले जितेका हुन्।

मेस्सीले यस अवार्डको मनोनयनमा परेका युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो, लिभरपुलका भर्जिल भान डाइक र पीएसजीका केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन्। समर्थकले मेस्सीलाई सर्वाधिक मन पराए। गतवर्ष यस अवार्ड रोनाल्डोले जितेका थिए।

मेस्सी, भान डाइक र रोनाल्डो फिफा वर्ष खेलाडी अवार्डको पनि दौडमा छन्। मेस्सीले हालै मात्र युईएफए वर्ष खेलाडी फरवार्ड जितेका थिए।