काठमाडौं, २२ भदाै। सोमबारदेखि देशैभरी सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ। हिन्दु धर्मावलम्बीहरुको महान् चाड वडा दशैँ, तिहार र छठलाई लक्षित गर्दै नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग र दुग्ध विकास संस्थानले उपत्यकासहित देशका विभिन्न स्थानमा ७३ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएका हुन् ।
नेपाल खाद्य संस्थान उपत्यकाको ५ स्थानसहित उपत्यका बाहिरका १८ स्थानमा गरी कुल २३ स्थानमा सुपथ मूल्यको पसल हुनेछन्। त्यस्तै, साल्ट ट्रेडिङ्गले उपत्यकामा ११ र उपत्यका बाहिर २२ र दुग्ध संस्थानले उपत्यकाका ४ स्थानसहित उपत्यका बाहिरका ११ स्थानमा सुपथ मूल्यका पसलहरु खोल्न लागेको खाद्य संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए।
ठूला चाडहरु दशैँ, तिहार र छठलाई नै मध्यनजर गर्दै बजारमा हुने चरम महङ्गी अभाव र व्यथितिलाई व्यवस्थापन गर्दै सर्वसाधारणमा सहज सुलभ र गुणस्तरिय खाद्यान्न प्रदान गर्ने उद्देश्यले सुपथ मूल्यको पसल सञ्चालन ल्याउन लागिएको महाप्रबन्धक गौचनले बताए।
उनले भने, ‘सुपथ मूल्यका पसलमा सामान्य दाल चामलदेखि खसीबोका सम्म उपलब्ध गराइने छ। सहज, सुलभ र गुणस्तरिय वस्तु उपभोक्तामा पुर्याउने हाम्रो लक्ष्य हो। हामीले पसल सञ्चालनको सम्पूर्ण तयारी पुरा गरिसकेका छौं । तर मन्त्री उपत्यका बाहिर हुनुभएकाले उद्घाटनको समय तय गर्न सकिएको छैन। सम्भवत भोलि देखि नै सुपथ पसल सञ्चालनमा आउने छ।’
गौचनका अनुसार सुपथ मूल्यका पसलहरुबाट सामान किन्दा उपभोक्ताहरुले वस्तु हेरी बाहिरी बजार भाउभन्दा २ देखि १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
यस्तो छ छुटको व्यवस्थाः




लाेकपाटी न्यूज