काठमाडौं, १९ भदौ। सरकारले चाडबाडलाई लक्षीत गरी भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो ।
अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो। सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन्।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहित नीजी व्यवसायीले पनि छुट दिनेछन्। यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।



लाेकपाटी न्यूज