कतारमा हुने फिफा विश्वकपको प्रतिक चिन्ह सार्वजनिक

FifA world
लाेकपाटी न्यूज

एजेन्सी । फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ। सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको हो।

कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर स्थानीय समय अनुसार रातको ८ः२२ मा प्रतिक चिन्ह सार्वजनिक गरिएको थियो।

कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमूख सहरमा पनि उही समयमा सार्वजनिक गरिएको थियो। प्रतियोगिता सञ्चालकका अनुसार, प्रतिक चिन्हको घुमाउरो वक्रले मरुभूमिको ‘डुन (बालुवाको ठूल-ठूला थुम्का)’लाई प्रतिविम्बित गर्छ। त्यस्तै कतै पनि नटुटेको फित्ता जस्तो आक्रृति अग्रेजीको आठ अंकजस्तो र गणितमा असंख्य जनाउने चिन्हजस्तो देखिएको छ। ती दुबैमा त्यसको अर्थ लुकेको आयोजकले बताएका छन्।

आठले कतार विश्वकपमा खेलहरु संचालन हुने आठ वटा रङ्गशालालाई प्रतिविम्बित गर्छ भने असख्यं आकृतिले प्रतियोगिताले असंख्य मानिसलाई खेलमार्फत जोड्ने ल्याउनेतर्फ इग्ङित गर्छ। सन् २०२२ मा हुन लागेको फुटबल विश्वकपको २२ औं सस्करण पहिलो पटक अरब प्रायद्विपमा हुदैंछ। सन् २०२२ नोभेम्बर २१मा सुरु हुने प्रतियोगिताको फाइनल खेल सन् २०२२ डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसको दिन समापन हुनेछ।