काठमाडौं, १७ भदौ। मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ। अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो।
यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ। यस्तै चाँदी तोलामा रु ८९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी रु ८८५ मा कारोबार भएको थियो।



लाेकपाटी न्यूज